Paywear Banner Desktop
Paywear Banner Desktop

टिकटक र एनसेल पीआरबीटीमा गीत बजाएबापतको ३८ लाख रोयल्टी सर्जकलाई बाँडिदै

काठमाडौं । सङ्गीत रोयल्टी सङ्कलन समाजले एनसेल पीआरबीटी र टिकटकमा गीत बजाए बापत आएका नेपाली स्रष्टा तथा सर्जकको रोयल्टी वितरण गर्ने भएको छ । बुधबार समाजले स्रष्टा तथा सर्जकलाई ३८ लाख रुपैयाँ बराबरको रोयल्टी वितरण गर्न लागेको हो ।

समाजमा सदस्य भएका सर्जकहरूलाई रोयल्टी वितरण गर्न लागिएको समाजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पाण्डेले बताए । उनका अनुसार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टको हलमा रोयल्टी वितरणको कार्यक्रम सञ्चालन हुन लागेको हो ।

उनका अनुसार कुनै गीतको धुन र बोलको अधिकार (पब्लिसिङ राइट्स) गीतकार, सङ्गीतकारसँग हुन्छ । जसअन्तर्गत सङ्गीतको प्रयोग गर्ने प्लेटफर्मले ‍निश्चित प्रतिशत रकम यसको वास्तविक सर्जकलाई रोयल्टी मार्फत वितरण गर्नुपर्छ ।

पछिल्लो समयमा एनसेलको पीआरबीटी र टिकटकमा बजाएका गीत-सङ्गीतको रोयल्टी यसको सिर्जना गर्ने व्यक्तिहरूलाई रोयल्टी मार्फत बुझाउनका लागि प्राप्त भएकाले सम्बन्धित सर्जकहरूलाई विवरण गर्न लागिएको उनले बताए । यसका लागि सर्जकले गीत आफ्नै भएको खुल्ने कागजातसहित समाजमा सम्पर्क गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!