Paywear Banner Desktop
Paywear Banner Desktop

जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले आफ्‌नो नाम फिर्ता लिएका छन् ।

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए ।

थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन् ।

सोमबार बसेको सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठकले जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल हुँदा फिर्ता लिएको कुरा जानकारी गराइएको हो ।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!