Paywear Banner Desktop
Paywear Banner Desktop

नेपालमा ‘रामायण’ बन्यो दोस्रो धेरै कमाउने विदेशी फिल्म, कमाइ २५ करोड नाघ्यो

काठमाडौं । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।

विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको साथ प्राप्त भएको छ । उक्त अवधिमा फिल्मको ६ लाख ४० हजार बढी टिकट बिक्री भएको छ ।

बक्सअफिस स्रोतका अनुसार फिल्मले नेपालबाट शुक्रबारसम्म २५ करोड ३० लाख बढी कमाइ गरेको छ । फिल्मलाई उपलब्ध गराईएको शो संख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले ३० करोडको हाराहारीमा नेपालमा कमाइ गर्ने अनुमान गरिएको छ ।

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् ।

भारतीय महाकाव्य रामायणको कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

पहिलो भागको आधिकारिक शीर्षक ‘रामायण : राइज अफ अ लेजेन्ड’ राखिएको छ ।

यसरी दुई भागमा निर्माण गर्नुको उद्देश्य कथाका महत्त्वपूर्ण घटना, सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्नु हो । पहिलो भागमा रामको जीवन, वनवास, सीता हरण र राम-रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिएको छ । दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको थियो ।

नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्म चाहिँ ‘पुष्पा २’ हो जसको ग्रस कलेक्सन २६.४६ करोड भारु छ । जसअनुसार, ‘बाहुबली २ : द कन्क्लुजन’ लाई उछिन्दै ‘रामायण : पार्ट वन’ दोस्रो धेरै कमाउने अन्तर्राष्ट्रिय फिल्म बनेको छ ।

नेपाल न्यूज बैंकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!