Paywear Banner Desktop
Paywear Banner Desktop

तिहारमा पटका तथा आतीसबाजी नगर्न प्रहरीको अनुरोध

काठमाडौँ । पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ ।

पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले प्रहरीले सो आग्रह गरेको हो ।

बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीलाई यस्ता वस्तुबाट टाढा राख्नाका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउन प्रहरीको अनुरोध छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन प्रहरी परिचालन भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!