Paywear Banner Desktop
Paywear Banner Desktop
Broad Peak Avalanche

प्रधानमन्त्रीद्वारा ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताएका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले ब्रोड पिक आरोहणका क्रममा छ नेपाली र चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

नेपाली युनिकोड रूपान्तरक

Real-time Romanized Nepali to Devanagari Unicode Converter

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!