Paywear Banner Desktop
Paywear Banner Mobile

खाना नपाएपछि बोडेस्थित होल्डिङ सेन्टरका ‘सुकुमवासी’ ले गरे थाल ठटाएर प्रदर्शन

काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा १२ बजेसम्म खाना खान नपाएपछि थाल ठटाएर विस्थापितले विरोध प्रदर्शन गरेका छन् । सरकारले आज २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको थियो ।

बिहीबार साँझ सेन्टरमा पुगेर प्रहरीले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न माइकिङ गरेको थियो । यहाँ थापाथली सुकुमवासी बस्तीबाट ल्याइएका १९ परिवारका ५९ जना छन्, जसमा १७ जना बालबालिका हुन् ।

यसअघि बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले होल्डिङ सेन्टर खाली गर्ने सम्बन्धी सूचना जारी गरेको थियो । भूमि समस्या समाधान समितिले मंसिर ९ गते पठाएको पत्रका आधारमा शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न भनिएको छ ।

सूचना जारी भएपछि बोडे, खरिपाटी र इचंगुनारायणका विस्थापितले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा उनीहरूले सूचना तत्काल फिर्ता लिन र वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबरजस्ती नहटाउन माग गरेका छन् । ुसरकारले आफ्नो पूर्वप्रतिबद्धता पूरा गर्नुको सट्टा फेरि सेन्टर खाली गर्न निर्देशन दिनु हामी पीडित नागरिकमाथि अर्को अन्याय र निष्कासनको जोखिम थपेर अमानवीय कार्य हो,ु ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरूले जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुमवासी नठहर्‍याउने निर्णय पुनरावलोकन गर्न माग गरेका छन् । प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद र स्थलगत छानबिन गरेर निर्णय गर्नुपर्ने उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!