Paywear Banner Desktop
Paywear Banner Desktop

सञ्चारगृहमा प्रहरी हस्तक्षेप र पत्रकार पक्राउको विरोधमा शनिबार माइतीघरमा धर्ना

काठमाडौं । सरकारले सञ्चारगृहभित्रै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गरेको र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारीले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।

​स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म एक घण्टा माइतीघर मण्डलामा मौन धर्ना कार्यक्रमको आह्वान गरिएको हो। उक्त धर्नामा सहभागी हुन सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई पूर्वपदाधिकारीहरूले हार्दिक आह्वान गरेका छन् ।

विज्ञप्ति जारी गर्दै महासंघका पूर्वपदाधिकारीले सञ्चार माध्यमको समाचार कक्षमै पुगेर त्रास सिर्जना गर्ने र पत्रकारहरूलाई धमाधम नियन्त्रणमा लिने सरकारको कदमप्रति घोर आपत्ति जनाएका छन् ।

प्रहरीले विश्वमणि सुवेदीसहितका केही पत्रकारलाई कार्यालयबाटै पक्राउ गरेको थियो । केही पत्रकारलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी परिचालन गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

​सरकारको यो शैलीलाई ‘नव तानाशाही’ र शाहीकालीन व्यवहारको संज्ञा दिँदै पूर्वपदाधिकारीहरूले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न र सञ्चार जगतलाई आतंकित नबनाउन माग गरेका छन् ।

प्रकाशित समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा अदालत जाने वैधानिक बाटो हुँदाहुँदै राज्यले दमनको बाटो रोज्नु स्वीकार्य हुन नसक्ने उनीहरूको भनाइ छ।

​संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वउपाध्यक्षहरू खिलबहादुर भण्डारी र उदय जिएम, निवर्तमान महासचिव रोसन पुरी, पूर्वमहासचिवहरू पोषण केसी र उजिर मगरलगायत पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्यहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!