Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसँगै सुदूरपश्चिम पाँचौ जितसहित शीर्ष स्थानमा उक्लिएको छ ।

काठमाडौंको भने आठ अंक छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो । जसमा रासिद खानले ३५ ,दुसान हेमान्थाले २१ रन जोडे ।

सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए । यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो ।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे । यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए ।

८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो ।

काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले २ विकेट लिए । अहिले जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!