Paywear Banner Desktop
Paywear Banner Desktop
एनपीएल

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ।

तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ। एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ।

चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो।

सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँँदा अब काठमाडौं, चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।

जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डेविड मलानले ३५ , कुशल मल्लले १५ रन हिर्काए। जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो।

जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका रञ्जित कुमारले ३,सिकन्दर राजा र कमिल मिसराले २र२ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!