Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : चौंथो जितसहित सुदूरपश्चिम प्लेअफनजिक

काठमाडौं । सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चौथो जित निकालेको छ।

चौथो जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई २७ रनले हरायो। यो जितले सुदूरपश्चिम ८ अंक जोड्दै प्लेअफनजिक पुगेको छ।

तेस्रो हार ब्यहोरेको जनकपुरको भने प्लेअफको सम्भावना न्यून बनेको छ।

जितका लागि पाएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।५ ओभरमा ९३ रनमा समेटियो। जनकपुरका लागि तृतराज दासले २१ र जिमी निसमले २० रन जोडे।

सुदूरपश्चिमका लागि स्कट कुइगलिनले ३ विकेट लिए।

यसअघि कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायो।

जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए। जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!