काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ।
जितका लागि १८७ रनको बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा कप्तान सोमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनको योगदान गरे। विराटनगरका एन्जलो म्याथोजले ३ विकेट लिए।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो दिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो।
जसमा लोकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चौथो खेलाडी समेत बने। यस्तै एन्जलो माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान गरे।
कर्णालीका कप्तान सोमपाल कामी एक्लैले ४ विकेट हात पारे। कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।