Paywear Banner Desktop
Paywear Banner Desktop
एनपीएल

कर्णालीको रोमाञ्चक जित, विराटनगर स्तब्ध

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ।

जितका लागि १८७ रनको बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा कप्तान सोमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनको योगदान गरे। विराटनगरका एन्जलो म्याथोजले ३ विकेट लिए।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो दिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो।

जसमा लोकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चौथो खेलाडी समेत बने। यस्तै एन्जलो माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान गरे।

कर्णालीका कप्तान सोमपाल कामी एक्लैले ४ विकेट हात पारे। कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!