Paywear Banner Desktop
Paywear Banner Desktop

नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार रुस प्रस्थान गरेका छन्।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा सञ्चालन हुने विश्व सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान रुसतर्फ लागेका हुन्।

उनी बिहान ९ः२० बजे काठमाडौँ-दुबई उडानमार्फत मस्कोतर्फ लागेका हुन्।

भ्रमण टोलीमा संयोजक प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।

कार्यक्रम सकेर प्रचण्ड नोभेम्बर १८ गते बिहान स्वदेश फर्कने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!