Paywear Banner Desktop
Paywear Banner Desktop

सभापति थापा र अध्यक्ष ओलीबीच गुण्डुमा के छलफल भयो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मधेस प्रदेश सरकारका विषयमा मंगलबार छलफल भएको छ।

कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र सरकारका विषयमा छलफल भएको हो।

हाल मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ। एमालेले गत असोज २५ गते कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

हाल प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सदस्य छन्।

यसअघि मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, जसपा नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको थियो।

यही राजनीतिक समीकरण निर्माण भइरहेका बेला कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच आज ओली निवास भक्तपुरको गुण्डुमा छलफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!