Paywear Banner Desktop
Paywear Banner Desktop

‘ककाकिकी’ ट्रेलर : अस्पताल बनाउन जब गाउँलेले बैंक लुट्ने योजना बनाउँछन्

काठमाडौँ । हाँस्यप्रधान फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे ।

युट्युबमा पनि ट्रेलर स्ट्रिमिङ भैसकेको छ । ट्रेलरले फिल्मको मुख्य विषयवस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वलाई प्रस्तुत गर्छ ।

ट्रेलरमा दर्शाइएअनुसार, कुलेबारी गाउँका मानिस गाउँमा अस्पताल बनाउनका योजना बनाउँछन्, कतिपयले बैंक लुटेरै भएपनि अस्पताल बनाउनुपर्छ भन्ने योजना बनाएको देखिन्छ ।

ट्रेलरमा प्रमुख कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दीया मास्के, मनोज गजुरेल लगायतको कलाकारलाई देख्न सकिन्छ ।

कार्यक्रममा अभिनेत्री मल्लले आइरहेका धेरै फिल्मभन्दा फरक बनाउने कोसिस यस फिल्मको निर्माण टिमले गरेको दाबी गरिन् । कलाकार वाङ्देलले निर्माण टिममा युवा जोश भएका साथी भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए ।

अभिनेता गजुरेलले धेरैपछि फेरी फिल्ममा जोडिन पाएको र ‘सयकडा दश’ पछि फिल्म ‘ककाकिकी’ आफ्नो दोस्रो फिल्म भएको जानकारी दिए ।

कार्यक्रममा निर्देशक अग्रवालले नेपाली दर्शकलाई मनपर्ने गरी फिल्म बनाएको दाबी गरे । उनले टिजर र ट्रेलर काट्ने काम पनि आफैले गरेको र फिल्म राम्रो हुँदा अथवा जस्तोसुकै प्रतिक्रिया आउँदा आफूले नै त्यसको जिम्मेवारी लिने बताए ।

यो फिल्म यसअघि भदौ १९ मा प्रदर्शन हुने भनिएको थियो तर देशमा बाढीपहिरोले धेरैको जनधनको क्षति भएकाले त्यो बेला हाँस्ने र हँसाउने समय नभएको भन्दै मंसिर ११ मा प्रदर्शन गर्ने निर्णय गरिएको थियो ।

फिल्मलाई बिक्की अगरवालसँगै श्रृद्धा प्रसाईंले निर्देशन गरेकी हुन् । फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर, पवन खतिवडा ‘म्याकुरी’, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय छ ।

पटकथा लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकास अर्यालले गरेका हुन् । निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको छ । यो फिल्म मंसिर ११ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!