Paywear Banner Desktop
Paywear Banner Desktop

‘कबड्डी ५’ अस्ट्रेलिया-न्यूजिल्यान्डमा, ‘ग्लोबल कलेक्सन’ आज साढे १२ करोड नाघ्ने

काठमाडौं । चलचित्र ‘कबड्डी ५’ आज बिहीबारदेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा रिलिज भएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार, ५० भन्दा धेरै शोजसहित फिल्म प्रदर्शनमा आएको हो ।

ती दुई देशमा मात्र आज पहिलो दिन ४ हजारभन्दा धेरै दर्शकले फिल्म हेर्ने विवरण उक्त कम्पनीका वितरक प्याट्रिक सुवेदीले प्रस्तुत गरे । उपलब्ध अकुपेन्सी विवरणमा पनि अकुपेन्सी उच्च देखिन्छ भने, आगामी सप्ताहन्तमा पनि फिल्मले राम्रो कमाइ गर्न सक्छ ।

अस्ट्रेलियामा रिलिजअघि नै १५०० अग्रिम टिकट बिक्री भैसकेका थिए जसबाट नेरु ३५ लाख प्राप्त भएको थियो । नेपाल, अमेरिका, मध्यपूर्व, केही पूर्वी एसियाली र युरोपेली मुलुकपछि ‘कबड्डी ५’ अस्ट्रेलियामा प्रदर्शनमा आएको हो ।

सुवेदीका अनुसार, नेपालको पाँच दिने कमाइ ७ करोड, अमेरिका र मध्यपूर्वसहितको चार दिनको कमाइ तथा अस्ट्रेलियाको एड्भान्स सेल जोड्दा फिल्मको कमाइ हिजो नै १० करोड नाघेको थियो ।

अमेरिका, मध्यपूर्वको पाँचौ दिन तथा अस्ट्रेलिया-न्यूजिल्यान्डको ओपनिङ जोड्दा बिहीबारसम्म फिल्मको ग्लोबल कलेक्सनले १२ करोड रुपैयाँ नाघ्छ । सप्ताहन्त आउनै बाँकी रहेकाले फिल्मको कलेक्सनमा अझै बढोत्तरी हुनसक्ने देखिन्छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सिर्जना गुरुङ लगायतको अभिनय छ । फिल्मले नेपालमा पनि उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मलाई मणिराम पोखरेलसहितको बाँसुरी फिल्म्स्ले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!