काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो आइतबार (२२ कात्तिक) सम्म देशभर प्रदर्शनमा आएका फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार, ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को कमाइ १२ करोड ४० लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई ४ लाख ५ हजारभन्दा धेरै दर्शकले हेरेका छन् ।
‘आबाट आमा २’ को कमाइ ६ करोड ८१ लाख रुपैयाँ ग्रस छ । यो फिल्मलाई २ लाख ३७ हजार जनाले हेरेका छन् ।
दीपकराज गिरी स्टारर ‘छ माया छपक्कै २’ को कमाइ ३ करोड ४२ लाख रुपैयाँ ग्रस छ । यो फिल्मलाई आइतबारसम्म १ लाख ६ हजार जनाभन्दा धेरै दर्शकले हेरेका छन् ।
विराज भट्ट स्टारर ‘१२ गाउँ २’ को कमाइ २ करोड ३१ लाख रुपैयाँ ग्रस छ । यो फिल्मलाई ७५ हजार जना दर्शकले हेरेका छन् ।
‘बा : एक योद्वा’ को कमाइ ३ करोड ५६ लाख रुपैयाँ ग्रस छ । ‘पेन्सन पट्टा’ को कमाइ १० करोड ३३ लाख रुपैयाँ छ । ‘गौंथली’ को कमाइ २६ करोड २७ लाख रुपैयाँ छ ।