Paywear Banner Desktop
Paywear Banner Desktop

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरूबीच जलवायु उत्थानशीलता, नेपालमा गएको हालैको बाढीपछिको पुनःस्थापना तथा द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अर्थपूर्ण छलफल भएको परराष्ट्रमन्त्री खनालले बताए ।

नेपालको हालैको प्राकृतिक विपद्पछिको पुनःस्थापना प्रयासमा बंगलादेशले गरेको सहयोगप्रति परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल र बंगलादेशबीचको आत्मीय सम्बन्ध, पारस्परिक सम्मान र मित्रतालाई आफूले उच्च महत्त्व दिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!