Paywear Banner Desktop
Paywear Banner Desktop

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको उक्त सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अहिले पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो हटाएर सडक खुलाउन समय लाग्ने भएकाले बिहान १० बजेपछि मात्र यातायात सञ्चालन हुन सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!