Paywear Banner Desktop
Paywear Banner Desktop

कांग्रेस पेसागततर्फ केन्द्रीय सदस्यमा केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्।

पेसागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा। प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरतराज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्।

त्यस्तै, ई। धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपालप्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, विनोदकुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।

यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्नप्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, प्रा. डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!