Paywear Banner Desktop
Paywear Banner Desktop

बीपी राजमार्ग, जोमसोम-कोरलासहितका सडक अवरुद्ध

काठमाडौं । देशभर विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । प्राप्त विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन् ।

बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै मिति २०८३ असोज १३ र १४ गते साँझ १७ बजेदेखि बिहान ५ बजेसम्मको लागि हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर जाने कान्तिलोकपथ सडक खण्ड रातको समयमा मात्र पूर्ण रूपमा अवरुद्ध गरिएको छ ।

रोशी गाउँपालिका-९ पिनथली र रोशी गाउँपालिका-०८ गिम्धिबेसीस्थित बीपी राजमार्गमा पहिरो गएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कान्तिलोकपथ अन्तर्गत बागमती गाउँपालिका-३ स्थित पाँदुर र तार्केमा पहिरो गएका कारण सडक पूर्ण रूपमा बन्द रहेको छ । सोतीदेखि मान्बु जाने पुल अन्तर्गत आरुघाट गाउँपालिका-२, ३ र ९ स्थित नयाँपुलमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जोमसोम-कोरला सडक खण्ड अन्तर्गत घरपझोङ गाउँपालिका वडा नं ४ स्थित जोमसोम (पर्यटक चेकपोस्टबाट अन्दाजी १ किमी अगाडि) पहिरो गएका कारण पूर्ण रूपमा अवरुद्ध छ । कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका-७ औँलिसेमा पहिरो गएका कारण सडक पूर्ण रूपमा बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!