Paywear Banner Desktop
Paywear Banner Desktop

भीमफेदी इभी दुर्घटना : चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या ६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

इभी चालक सर्लाही कविलासी नगरपालिका-८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु हुनका साथै छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी-कुलेखानी-काठमाडौँ सडकबाट करिब ५०० मिटर तल झरेको थियो ।

अन्य मृतकको पहिचान तथा दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!