काठमाडौं । विपना थापा, वर्षा राउत, महेश त्रिपाठीले कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट आगामी फिल्म ‘बाकस’ को छायांकन थालेका छन् ।
यस फिल्ममा भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुब गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव, सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्काको अभिनय हुनेछ ।
मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिस चौलागाईं सह-निर्देशक रहेको फिल्ममा किरण दाहालको एक्स्न कोरियोग्राफी हुनेछ ।
संगीत दीपक शर्मा र सनम पुरुष राईले हेर्ने छन् भने कार्यकारी निर्माता धीरेन्द्र पन्त छन् । सुजिता चौलागाई निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताको रुपमा रहेका छन् ।
छायांकन महेश पौडेलको हुनेछ । प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने, कस्ट्युम डिजाइन ज्योती केसी र नीराजन घिमिरे, कोरियोग्राफी सियोन श्रेष्ठको हुनेछ ।
नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्म पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदैछ ।
