काठमाडौं । बुधबार कलाकार पनि तिहारअन्तर्गत भाइटीका मनाएका छन् । दिदीबहिनी र दाजुभाइबीच प्रेम, स्नेह र आत्मीयता साटासाट गर्दै सर्वसाधारणसँगै कलाकारले पनि हर्षोल्लासका साथ भाइटीका मनाए ।
भाइटीका अवसरमा कलाकारले दिदीबहिनीबाट टीका ग्रहण गर्दै र दाजुभाइलाई टीका लगाइदिँदै गरेका तस्बिर सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।






