Paywear Banner Desktop
Paywear Banner Desktop

‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ मा अञ्जना र विजयको छमछमी

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको आगामी निर्देशकीय फिचर ‘सिन्दुरे जात्रा’को गीत युट्युबमा सार्वजनिक भएको छ ।

‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ ।

मनका कुरा सुटुक्क राख्दै जीवन एकअर्कालाई समर्पित गरेको प्रसंग गीतमा उल्लेख छ । गीतमा शीर्ष कलाकारद्वय विजय बराल र अञ्जना बराइली फिचर्ड छन् ।

फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् ।

सह-निर्मातामा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी छन् । दिनेश खड्का कार्यकारी निर्माता हुन् ।

मंसिर १८ गते रिलिज हुने फिल्मको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । बिग मुभिज थिएटर पार्टनरका रूपमा रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!