Paywear Banner Desktop
Paywear Banner Desktop

आजको मौसम : तराईमा हुस्सु-कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु-कुहिरो लागेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!