Paywear Banner Desktop
Paywear Banner Desktop

‘कबड्डी ५’ ले तीन दिनमा कमायो ५ करोड २५ लाख

चौंथो श्रृंखलाले तीन दिनमा ८ करोड कमाएको थियो

काठमाडौं । ‘कबड्डी ५’ ले दशैंको बक्सअफिसमा शीर्षस्थान प्राप्त गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले प्रदर्शनको तीन दिनमै सवा ५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

निर्माता कम्पनी बाँसुरी फिल्म्सका अनुसार, ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको ३ दिनमै देशब्यापी ५ करोड २४ लाख ७८ हजार ६८२ रुपैयाँ कमाएको हो ।

यो हिसाब वितरकको तर्फबाट प्राप्त भएको हो । चलचित्र विकास बोर्डले भने आगामी सोमबार विवरण सार्वजनिक गर्नेछ । अकुपेन्सी र शोज संख्या हेर्दा यो फिल्मले सोमबार पनि देशब्यापी १ करोड रुपैयाँ कमाउने प्रक्षेपण छ ।

फिल्मको अघिल्लो चौंथो श्रृंखलाले घरेलु बक्सअफिसमा तीन दिनमा ८ करोड रुपैयाँ ग्रस कमाएको थियो । चौंथो श्रृंखलाले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा पहिलो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

दशैंका अन्य फिल्मले कति कमाए ?

दशैंको फूलपाती छेकोमा रिलिज भएका ३ मध्ये ‘आबाट आमा’ ले ४ करोड ११ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘छ माया छपक्कै २’को कमाइ २ करोड ७६ लाख रुपैयाँ ग्रस छ । ‘१२ गाउँ २’ ले १ करोड ८३ लाख रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!