काठमाडौं । बलिउडका प्रसिद्ध पार्श्वगायक शान सांगीतिक प्रस्तुति दिन आउने भएका छन् । ६ भदौमा क्लब नोभामा उनी गुञ्जिने कार्यक्रम रहेको जनाइएको छ ।
आफ्ना सुमधुर बलिउड ट्रयाकमार्फत दर्शक तथा श्रोताको मन जित्दै आएका शानका प्रशंसक नेपालमा पनि छन् । ‘नेपाली टच’ ले कार्यक्रमको लागि शानलाई नेपालमा ल्याउन लागेको हो ।
कार्यक्रममा उनले आफ्ना सर्वाधिक रुचाइएका गीत ‘मुसुमुसु हाँसीदेउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका चर्चित गीत पस्किने जनाइएको छ ।
यीबाहेक, चाँद सिफारिस, जब से तेरे नैना, दिवानगी, सुनो ना, हे शोना, कुछ तो हुआ है उनका लोकप्रिय गीत हुन् ।