नेपालका मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न रैथाने चराचुरुङ्गीहरूको बासस्थान नासिँदै गएपछि संरक्षणकर्मीहरूले स्थानीय समुदायसँग मिलेर संरक्षण अभियान सुरु गरेका छन्। वन विनाश र कीटनाशक औषधिको बढ्दो प्रयोगले रैथाने चराहरूको संख्या घटेको थियो। अहिले जैविक खेती र वन संरक्षणमार्फत उनीहरूको संख्या बढाउने प्रयास भइरहेको छ।
नेपालका मध्यपहाडी क्षेत्रमा रैथाने प्रजातिका चराचुरुङ्गी संरक्षणको प्रयास
बासस्थान विनाश र कीटनाशक औषधिको प्रयोग रोक्न मध्यपहाडी क्षेत्रमा चराचुरुङ्गी संरक्षण अभियान चलाइएको छ।