Paywear Banner Desktop
Paywear Banner Desktop

अमेरिकाले खारेज गर्‍यो नेपाललाई दिँदै आएको टीपीएस सुविधा

टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ ।

वासिङ्टन डीसी । अमेरिकाले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन ।

हाल अमेरिकी सरकारले नेपाली नागरिकका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो ।

टीपीएसअन्तर्गत अमेरिकामा रहेका सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देशनिकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो ।

टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ टीपीएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरुलाई यो निर्णयले जोखिम सिर्जना भएको छ ।

नेपालसँगै अमेरिकी सरकारले हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार (बर्मा), सोमालिया र इथियोपिया लगायतका देशका नागरिकका लागि टीपीएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक भएको छ ।

टीपीएस सेवा युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेका नागरिकहरुलाई अमेरिकाले प्रदान गर्ने अस्थायी कानुनी संरक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!