Paywear Banner Desktop
Paywear Banner Mobile

स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपण गर्न ट्रम्प प्रशासनको अनुमति

न्युयोर्क, (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने उद्देश्यले १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ ।

अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले दिएको अनुमतिअनुसार कम्पनीको स्टारमाइन्ड सञ्जालले पृथ्वीमा प्रयोगका लागि ठूलो परिमाणमा डाटा प्रशोधन गर्नेछ । अनुमति सन् २०४० सम्म कायम रहनेछ ।

स्पेसएक्सले सन् २०२७ को अन्त्यतिर पहिलो स्याटेलाइट प्रक्षेपण गरी सन् २०२८ देखि विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले अन्तरिक्षमा प्रयोग गर्न विशेष रूपमा तयार पारिएका एनभिडियाका नयाँ पुस्ताका भेरा रुबिन प्रोसेसर जडान गर्ने सम्झौता गरेको छ ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने दौडमा गुगल, जेफ बेजोसको ब्लु ओरिजिन र स्टारक्लाउड पनि छन् । तर, उच्च विकिरण, चरम तापक्रम, अन्तरिक्षका भग्नावशेष र सूक्ष्म उल्कापिण्डबाट स्याटेलाइट तथा प्रोसेसर जोगाउनु प्रमुख चुनौती रहेको विज्ञहरूले बताएका छन् ।

प्रस्तावित स्याटेलाइट सञ्जालले खगोलीय अध्ययन र रातको आकाशको अवलोकनमा असर पार्न सक्ने भन्दै अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले एफसीसीको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

ठूलो सङ्ख्या र आकारका स्याटेलाइट रातको आकाशमा लामो समयसम्म चम्किला रूपमा देखिने संस्थाको भनाइ छ । अर्थजस्टिसका वरिष्ठ अधिवक्ता जान ह्यासेलम्यानले पनि यसको विस्तारले जनजीवन र पृथ्वीको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन् ।

यद्यपि, अन्तरिक्षमा रहेका स्याटेलाइटले निरन्तर सौर्य ऊर्जा प्राप्त गर्न सक्ने र पृथ्वीमा निर्माण गरिएका डाटा सेन्टरभन्दा आठ गुणासम्म प्रभावकारी रूपमा ऊर्जा सङ्कलन गर्न सक्ने यसका पक्षधरहरूको भनाइ छ । स्पेसएक्सले गत जुनमा बजार प्रवेश गर्दा करिब ८५ अर्ब ७० करोड अमेरिकी डलर पुँजी जुटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!