Paywear Banner Desktop
Paywear Banner Mobile

अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो

जनकपुर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।

जनकपुरधामबाट ‘भार’ लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आइतबार आज विधिपूर्वक तिलकोत्सव विधि सम्पन्न गरेको छ ।

जनकपुरधाम उपमहागरपालिकाका मेयर मनोजकुमार साहले माता सीताको अभिभावक सरह भगवान रामको अभिभावकका रुपमा रहेका अयोध्याका मेयर घ्रीसपाठ तिवारीलाई आमन्त्रण पत्र दिएका छन् ।

उनले धार्मिक विधि सम्पन्न गर्दै जन्ती बनेर विवहापञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएका छन् ।

तिलकोत्सव समारोहमा मिथिलाको परम्परा अनुसार जनकपुरधामका महिला टोलीले पारम्परीक गीत प्रस्तुत गरेका थिए । समारोहमा भगवान राम र माता सीताको स्वरुप तयार गरी पूजा गरिएको थियो ।

सोअवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले अयोध्या जनकपुरधाम रेल सुरु भएकोले यस वर्ष विगतका वर्षहरु भन्दा बढि श्रद्धालु महोत्सव हेर्न जनकपुरधाम आउने विश्वास व्यक्त गरे । त्यस्तै अयोध्याका मेयर तिवारीले दुबै देशबीचको सम्बन्ध पौराणिक र अटुट भएको उल्लेख गरे ।

यही मंसिर २८ गत्ते हुने विवाहपञ्चमी महोत्सवका लागि धुमधामका साथ जनकपुरधाममा तयारी भइरहेको छ । प्रत्येक वर्ष अयोध्याबाट जन्ती बोलाउनका निम्ति अयोध्यामा तिलकोत्सव कार्यक्रम गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!