Paywear Banner Desktop
Paywear Banner Mobile

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ।

उनीहरूलाई १५ दिनभित्र यसमा केकसो भएको हो, किन माग अनुसार रिट जारी नगर्ने लगायतका प्रश्नको जबाफसहित लिखित जबाफ पेस गर्न सर्वोच्चले आदेश दिएको छ।

मन्त्रिपरिषद कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत र कोष र उपाध्यक्ष डोल्माले आफ्नो कानुन व्यवसायीमार्फत जबाफ पेस गर्न भनिएको छ। त्यस्तै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा मंसिर १४ गते दुबै पक्षबीच छलफल हुने भएको छ।

आनीको नागरिकतामाथि प्रश्न रहेको र विगतमा सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान भएको दाबी गर्दै रिट दर्ता भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

उनको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठेको थियो।नियुक्त गर्ने निर्णय पछि सार्वजनिक रूपमै विरोध प्रदर्शन समेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!