Paywear Banner Desktop
Paywear Banner Desktop

असोजमा मात्रै भित्रियो २ खर्ब ६७ अर्ब रेमिटेन्स

काठमाडौं । चालु आथिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ७ खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिटेन्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो।

यस वर्ष रकम बढे पनि वृद्धिदर भने घटेको छ। असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

अघिल्लो वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रूपैयाँ भित्रिएको थियो। यस आधारमा एक वर्षमा असोज महिनाको रेमिटेन्स आप्रवाह ६६ अर्ब १२ करोड रूपैयाँले बढेको छ।

अमेरिकी डलरमा गणना गर्दा पनि रेमिटेन्स आप्रवाह बढेको छ।

समीक्षा अवधिमा डलरमा रेमिटेन्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर २९.२ प्रतिशत थियो।

पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ। यसमा नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिने दुवै समावेश छन्।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४५९ थियो। पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। समीक्षा अवधिमा ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

अघिल्लो वर्षको पहिलो तीन महिनामा यस्तो संख्या ७७ हजार २५७ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!