Paywear Banner Desktop
Paywear Banner Mobile

र्‍यापर जेम्सी जसपा पार्टीमा प्रवेश, पोखराको मेयरमा उम्मेदवारी दिने

काठमाडौं । अहिलेका चर्चित नेपाली र्‍यापर जेम्सी (नोबल बस्नेत) उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

आइतबार आयोजित समारोहमा उनलाई पार्टी अध्यक्ष यादवले लड्डु खुवाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्दै जेम्सीले राजनीति र संगीतलाई सँगै अघि बढाउने बताए ।

आगामी स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने चर्चाबीच जेम्सीले राजनीतिक दल प्रवेश गरेका हुन् । कार्यक्रममा उनलाई पत्रकारहरूले पोखराको मेयरको उम्मेदवारीबारे सोधेका थिए ।

जवाफमा उनले यसको लागि आफूले तयारी गरिररहेको र चाँडै जानकारी गराउने बताए । ‘यसको तयारी भैरहेको छ । तपाईंहरूले चाँडै जानकारी पाउनुहुनेछ’ उनले भने ।

पोखराको फोहोर व्यवस्थापनमा आफूलाई काम गर्न इच्छा लागेको र त्यसको सुधार गर्न राजनीतिलाई माध्यम बनाएको उनले बताए ।

केही समयअघि मात्र उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले पोखराका ३३ वटै वडाको रूपान्तरणका लागि युवा नेतृत्व अपरिहार्य रहेको भन्दै मेयरमा उठ्नेबारे दर्शक तथा समर्थकहरूको प्रतिक्रिया लिएका थिए।

कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै जेम्सीले युवाहरूको आवाजलाई नीति निर्माण तहमा पुर्‍याउन र आफ्नो गृहनगर पोखराको समग्र विकासका लागि सक्रिय राजनीति रोजेको बताएका छन्।

संगीत क्षेत्रमार्फत युवापुस्तामाझ लोकप्रिय बनेका उनले अब सामाजिक र राजनीतिक रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

पोखरामा जन्मिएका जेम्सी नेपाली र्‍याप संगीत (नेपहप) का एक चर्चित अनुहार हुन्।

सन् २०१९ मा ‘युरो ग्याङ’ सार्वजनिक गर्दै उनले नेपहप क्षेत्रमा औपचारिक प्रवेश गरे। पहिलो गीतले अपेक्षित चर्चा नपाए पनि उनले प्रयास जारी राखे। सन् २०२० मा सार्वजनिक गरेको जीभीएनम्यानले उनलाई प्रारम्भिक पहिचान दिलायो।

उनको करियरमा निर्णायक मोड भने सन् २०२४ को अक्टोबरमा सार्वजनिक भएको गीत ‘एम्स्टर्डम’ बन्यो। गीत सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा लोकप्रिय भएपछि जेम्सीको परिचय नेपालभित्र मात्र सीमित रहेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!