Paywear Banner Desktop
Paywear Banner Desktop

बुधबारदेखि आइतबारसम्म झरी पर्ने, कृषि र पर्यटन क्षेत्रमा सतर्क हुन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र बलियो हुँदै चक्रवाती आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले आगामी नेपालमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कात्तिक ११ गतेदेखि कात्तिक १५ गते (अक्टोबर २८ देखि नोभेम्बर १ सम्म) नेपालको मौसम प्रभावित हुन सक्ने विभागले सूचनामार्फत जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको मनसुन विशेष मौसम बुलेटिन-३ अनुसार उक्त प्रणालीका कारण नेपालमा वर्षा हुन सक्ने देखिए पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।

मौसम मोडेल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तिनको विश्लेषणका आधारमा बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै अक्टोबर २६, सोमबारसम्म चक्रवाती आँधीमा विकसित हुने सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त प्रणाली विकसित भएमा भारतको उत्तर आन्ध्र प्रदेश र आसपासका दक्षिणी ओडिशा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ ।

महाशाखाले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्ने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागले जारी गर्ने सूचनाहरू नियमित हेर्न पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!