काठमाडौं । प्रधानमन्त्री बालेने शाहकी पत्नी तथा समाजसेवी सविना काफ्लेले आइतबार कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् ।
नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रमको उद्देश्य नेपाली संस्कृति, परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु रहेको बताइएको छ ।
सो अवसरमा सरकारका मन्त्रीहरू, रास्वपा सांसदहरू, कलाकार, कूटनीतिज्ञ लगायत सहभागी थिए ।








