Paywear Banner Desktop
Paywear Banner Mobile

पोल्याण्डका जुरावस्कीले खिच्नेछन् नेपाली फिल्म ‘२६ करोड’, काठमाडौंको कार्यशालामा सहभागी

काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका रहने कथानक फिल्म ‘२६ करोड’ लाई युरोपेली छायांकार आर्तुर जुरावस्कीले छायांकन गर्ने भएका छन् ।

उनी भारतीय फिल्ममा सलमान खानको ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’, सञ्जय दत्तको ‘भूमी’जस्ता प्रसिद्ध फिल्मको छायांकारको रुपमा पनि प्रसिद्ध छन् । पोल्यान्डका यी छायांकार केही युरोपेली र भारतीय फिल्म छायांकन गरेबापत थुप्रै अवार्डमा पुरस्कृत भैसकेका छन् ।

उनले विकास सुवेदीले निर्देशन गर्न लागेको फिल्म ‘२६ करोड’ लाई छायांकन गर्नेछन् । उनी फिल्मको कार्यशालामा सहभागी रहेको प्रेषित विवरणमा जनाइएको छ ।

एसियन तथा युरोपियन चलचित्रका अनुभवी छायांकार आर्टुर जुराव्स्कीले छायांकन गर्ने भएका छन् । १५ मंसिरदेखि फिल्मको छायांकन हुने जानकारी निर्माता सुभाष भुसालले दिए ।

यी पोलिस छायांकारले आफ्नो देश पोल्यान्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली चलचित्र उद्योगमा काम गरिसकेका छन् । यसअघि उनले सुवेदी निर्देशित ‘सिरजरा’मा सहकार्य गरिसकेका छन् ।

बायाँबाट निर्देशक विकास सुवेदी, छायांकार आर्तुर जुरावस्की र निर्माता सुभाष भुसाल

आर्टुरले पोलिस नेशनल फिल्म स्कूलबाट छायांकन विधामा स्नातक गरेका हुन् । उनी आफैँ पनि बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा आबद्ध भइसकेका छन्।

‘२६ करोड’ मा प्रदीप खड्का र सारा आरएल शाहको शीर्ष भूमिका हुनेछ । बलिउड अभिनेता विवेक ओबरोयले सारालाई अभिभावकत्व प्रदान गर्दै आइरहेका छन् । फिल्मको मुम्बईमा आयोजित घोषणा समारोहमा ओबरोयले सारालाई शुभकामना दिएका थिए ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सुबेदीकै पटकथा, उत्तम न्यौपानेको साउण्ड डिजाइन, निर्माता भुषालकै संगीत, हर्क साउदको शब्द र मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!