Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहिबार भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरेका थिए । नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्री शाहले चासो राखेको जनाइएको छ ।

भेटमा विदेशसचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको बताएका थिए ।

साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताएका थिए ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको समेत उनले प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । आजै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको जानकारी उनले प्रधानमन्त्री शाहलाई गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!