Paywear Banner Desktop
Paywear Banner Desktop

सैनिक मञ्चमा यस्तो देखियो फूलपाती बढाइँको तयारी (तस्वीर)

काठमाडौं । नेपालीको महान् चाड बडादशैं २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने परम्परागत फूलपाती बढाइँ समारोहको तयारी पूरा भएको छ ।

भोलि शनिबार आयोजना हुने उक्त समारोहको प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज अन्तिम निरीक्षण गरेका हुन् ।

सैनिक मञ्चमा नेपाली सेनाद्वारा शान्ति र समृद्धिको कामनासहित प्रस्तुत गरिने सैनिक कला, कवाज तथा बढाइँ कवाजको प्रधानसेनापतिले सूक्ष्म निरीक्षण गरेका हुन् ।

निरीक्षणपश्चात् आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति सिग्देलले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित विभिन्न पेसागत प्रतियोगिताहरूमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने फर्मेशन तथा युनिटलाई पुरस्कार तथा कदरपत्र प्रदान गरे ।

यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरिएको छ । साथै, मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति हुनुभएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सकलदर्जालाई ‘प्रकृति संरक्षण पदक’द्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!