Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएलमा आज कर्णालीविरुद्ध पोखरा, चितवनविरुद्ध काठमाडौं

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुर मैदानमा पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा छ । ५ खेल खेलेको लुम्बिनीले ३ जित, १ हार र १ नतिजाविहीन खेलसहित ७ अंक जोडेको छ ।

काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।

पोखरा एभेन्जर्स भने ४ खेलमा कुनै जित निकाल्न नसक्दा अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!