Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको छ।

यो जनकपुरको दोस्रो जित हो। ३ खेलबाट ४ अंकसहित जनकपुर दोस्रो स्थानमा समेत उक्लिएको छ। लगातार दोस्रो खेल हारेको पोखरा भने पुछारमा छ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । जसमा कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। जनकपुरका मोइन अलिले ३, कप्तान हर्मित सिंह र सैफ हसनले २२ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो। जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे। तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन्। यस्तै अभिषेश तिवारीले २४ , मोइन अलीले २१ रन बनाए। पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए।

प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा मध्यान्ह १२ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!