Paywear Banner Desktop
Paywear Banner Desktop

आर्थिक रूपमा शक्तिशाली बन्दै एनपीएल, यो संस्करणमा १५० करोडसम्मको कारोबार हुने

काठमाडौं । सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ।

स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने क्यानका कोषाध्यक्ष पदम खड्काको दाबी छ। साथै एनपीएल तेस्रो संस्करणको च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत क्यानका कोषाध्यक्ष खड्काले पुरस्कार राशीबारे जानकारी गराए।

खड्काका अनुसार उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।

प्रतियोगितामा ८ टीम सहभागी रहेका छन्। भोलि बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटनका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!