Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो।

विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ।

जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९।२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।

जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे। पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७।५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!