Paywear Banner Desktop
Paywear Banner Mobile

निखिल र वर्षाले काठमाडौंबाट थाले ‘कस्तुरी’ को बाँकी छायांकन

 काठमाडौँ । फिल्म ‘कस्तुरी’ को अन्तिम चरणको छायाङ्कन सुरु भएको छ । शुक्रबार काठमाडौँबाट निखिल उप्रेती र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्मको बाँकी छायांकन सुरु भएको हो ।

फिल्मको ९० प्रतिशत छायाङ्कन सकिएको निर्माताले जनाएका छन् । निखिल पछिल्लो समय आफू निर्देशित र निर्मित फिल्म ‘आचार्य’ मा ब्यस्त थिए ।

ऋत बोहोराले निर्देशन गरेको फिल्ममा वर्षा र निखिल सँगै शेखर चापागाइँ निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ । क्यामियो’ भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिँदै छन् ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा बोहोराले नै लेखेका हुन् । निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी छिन् ।

छायाँकार आलोक शुक्ला हुन् भने सहायक निर्देशकमा ललित विष्ट छन् । सङ्गीत प्रशान्त सिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!