Paywear Banner Desktop
Paywear Banner Desktop

सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार जारी, २ हजार बढी सैनिक परिचालन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ ।

सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको थियो । बिहीबार बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । हेलिकोप्टर बाहेक थप ६३ जनालाई पनि सेनाले उद्धार गरेको छ ।

नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजारभन्दा बढी फौज खटिई खोजरउद्धार तथा राहत वितरण कार्य गरिरहेको सेनाले जनाएको छ ।

गएराति सेनाका ११ वटा टीमले जमिनबाट उद्धारका कार्य गरेको थियो । सेनाका ११ ट्रकद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको छ । हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जानकारी गराएको छ ।

साथै नेपाली सेनाको मेडिकल टीममा थप गरी त्रिशूलीमा घाइतेहरूको उपचारको कार्य गरिरहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!