काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्म निर्माता मनिष पण्डित नियुक्त भएका छन् । सूचना तथा संचारमन्त्री विक्रम तिमल्सिनाका प्रमुख स्वकीय सचिव शिव थापाले पण्डित बिसौं अध्यक्षको रुपमा नियुक्त भएको जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले पण्डितसहित निशा अधिकारी र नरेश पौड्यालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । नवनियुक्त अध्यक्ष पण्डितले दशैं बिदापछि बोर्डको अध्यक्षको रुपमा कार्यभार सम्हाल्नेछन् ।
पण्डित लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय छन् । उनले ‘ग्याङस्टर ब्लुज’ मा कार्यकारी निर्माताको रुपमा काम गरेका छन् भने थुप्रै फिल्ममा पनि पर्दा पछाडि रहेर सक्रिय भूमिका निर्वाह गरेका छन् ।