Paywear Banner Desktop
Paywear Banner Mobile

‘आशा’ १४ फागुनमा आउने, यस्तो छ पहिलो झलक

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली फिल्म ‘आशा’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरू महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको फिल्मको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ ।

पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता सशांक मैनालीको तस्बिरमा माला लगाइएको छ । पोस्टरमा अभिनेता शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने त्रिपाठी किरिया बसिरहेका देखिन्छन् ।

अभिनेत्री बराइली भने दैलोबाट चिहाएर हेरिरहेकी छिन् । रोयल भीमसेनले तयार पारेको पोस्टरले फिल्मको कथासार सङ्केत गर्नुका साथै धेरै प्रश्न उब्जाएको छ ।

निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन ।

उनले भनिन्, ‘फिल्म पूर्णरुपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्न पर्ने फिल्म बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई फिल्मको शैलीमै तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा असुल हुन्छ ।’

उनले फिल्मको प्रदर्शन मिति फागुन १४ गतेलाई तय गरिएको जानकारी दिईन् । वितरक तथा प्रदर्शकको छलफलपश्चात उक्त डेटमा फिल्म प्रदर्शन गर्न लागिएको उनले जनाइन् ।

निर्देशक राजीव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा सुशील सिटौला, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको पनि अभिनय छ ।

छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!