लक्ष्मीपूजाको साँझ गैँडाकोटस्थित इला होटलबाट देखिएको गैँडाकोट, नारायणगढ, भरतपुर एवं रत्ननगरसम्मको दृश्य । तिहारका अवसरमा दीपावलीले नारायणी नदीवारि र पारिका सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती झिलिमिली देखिएका छन् । तस्बिरः सनद अधिकारी
काठमाडौं । तिहारको तेस्रो दिन आइतबार साँझ देशभर लक्ष्मीपूजा र कुकुर तिहार मनाइएको छ । साँझ घर-घरमा लक्ष्मी मातालाई आह्वान गर्दै लक्ष्मीपूजा मनाइयो ।
लक्ष्मीपूजाको साँझ देशभरका प्रमुख सहरहरू बत्तीले झिलिमिली देखिए । लक्ष्मीपूजाको साँझमा प्रमुख सहर आकर्षक देखिएका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीबाट लक्ष्मी पूजाको साँझ देखिएको काठमाडौँ उपत्यकामा बिजुली बत्तीको झिलिमिली । तस्बिर :हरिराम भेटुवाललक्ष्मी पूजाको राति आज ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्बिरः नवराज कार्कीलक्ष्मीपूजाका दिन आइतबार ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार तथा आसपासका भूभाग। तस्बिरः कुलदीप न्यौपाने