काठमाडौं । यतिबेला दयाहाङ राई र सिर्जना गुरुङलाई भ्याइनभ्याइ छ । हलमा चलिरहेको ‘कबड्डी ५’ को प्रवर्धनमा यी दुई कलाकारलाई भ्याइनभ्याइ छ ।
त्यसबाट फुर्सद निकालेर उनीहरू बिहीबार दिउँसो त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेका छन् । यदि वर्षा भएन भने, आज साँझ बिराटनगर किङ्स र कर्णाली याक्सबीच आजको दोस्रो खेलमा प्रतिस्पर्धा हुँदैछ ।
एनपीएलको पहिलो सिजनमा दयाहाङ बिराटनगर किङ्सका ब्रान्ड एम्बेसडर पनि हुन् । ‘कबड्डी’ को-स्टार सिर्जनालाई लिएर यतिबेला दयाहाङ आफ्नो टिमलाई समर्थन गर्न टियू क्रिकेट मैदान पुगेका हुन् ।
प्राप्त तस्वीरमा दयाहाङ र सिर्जनासहित त्यहाँ खेलप्रेमी गायिका रचना रिमाल, कलाकार कुमार कट्टेल जिग्री ब्रो, हरिश निरौला कक्रोच, कमलमणी नेपाल खुपिका बाउ क्रिकेट मैदानमा पुगेका छन् ।




